Skip

Hamro Sanchar

एनपीएल : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २ गते


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो ।

कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।

चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एकरएक विकेट लिए ।


प्रतिकृया दिनुहोस्