Skip

Hamro Sanchar

जगदम्बा स्टिलले तिर्‍यो बक्यौता रकमको पहिलो किस्ता पाँच करोड ७२ लाख, जोडियो बिजुली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २६ गते


काठमाडौं । जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले बुधबार बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको एक अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले पाँच करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको छ ।

पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको बिजुली लाइन बुधबार साँझ जडान गरिएको छ ।


प्रतिकृया दिनुहोस्