Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हङकङ सिक्सेस क्रिकेटमा नेपालको लगातार दोस्रो हार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २२ गते


Advertisement

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ।

आज (शनिबार) बिहान हङकङको मिसन रोड ग्राउन्ड मोङकोकमा भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको हो।

जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । यता नेपालका लागि लोकेश बमले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३।३ ओभरमा ५८ रनमा अलआउट भयो।

नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए।लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए।

यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।

नेपालले आजै हङकङ र कुवेतसँग पनि खेल्नेछ। आइतबार यूएईविरुद्ध खेल्नेछ।

नेपाली क्रिकेट टोली शरद भेषावकरको कप्तानीमा खेलिरहेको छ। नेपाल रहेको समूह एमा अफगानिस्तानसँगै दक्षिण अफ्रिका छन्। समूह बीमा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन्।

समूह सीमा भारत, कुवेत र पाकिस्तान तथा समूह डीमा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका छन्।


प्रतिकृया दिनुहोस्