Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओलीलाई झलनाथको जवाफ : हामी वनमा होइन, घरमै छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १५ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन् ।

सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गरेका थिए ।

एकीकृत समाजवादी फुट्ने भएपछि ओलीले शुक्रबार साँझ पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

ओलीको उक्त आह्वानबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ठट्यौली जवाफ दिँदै खनालले भने, ‘हामी कोही पनि वनमा छैनौं । घरमै छौं ।’

खनालले घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँहरू समेत राम्रो बनाउनुपर्ने बताए ।

खनालले एमालेमा फर्कन ओलीले गरेको आह्वानलाई सकारात्मक रुपमा लिँदै त्यसका लागि ४ वटा शर्त समेत अघि सारेका थिए ।

उनले ती शर्ततर्फ इंकित गर्दै यस्तो बताएका हुन् । ‘ढोका राम्रोसँग उदांगो पारेर खोल्नुपर्‍यो । बस्ने ठाउँहरू राम्रोसँग बनाउनुपर्‍यो । त्यो भयो भने फर्कने के समस्या भयो र रु,’ उनले भने ।

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पार्टीले गरेपछि खनाल असन्तुष्ट बनेका थिए । उनले कम्युनिष्ट एकता बेला बेलामा टुक्राटुक्रा भएको र सिंगो हुनका लागि टुक्रा भएको जिकिर गरे ।


प्रतिकृया दिनुहोस्