Skip

Hamro Sanchar

आज देशका यि प्रदेशका पहाडी भू-भागमा छ भारी वर्षाको जोखिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेकाले देशैभर सामान्यतया बदलीको अवस्था रहेको छ।

आज बिहानैदेखि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, मधेस तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको जोखिम कायम रहनेछ।

पहिरो, बाढी तथा कटानको सम्भावना रहेकाले पहाडी तथा नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्