९ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)कालो चस्मा लगाएरै संसदमा जाने भएका छन् ।
बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसदमा जाने भएका हुन् ।
यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद सचिवलायमा बुझाउनुपर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार प्रधानमन्त्रीको रिपोर्ट सचिवालयमा प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा २२ साउनमा आँखा परीक्षण गराएका थिए ।
उनको आँखा लेफ्टिनेट कर्णेल डा.सचित ढकालले परीक्षण गरेका थिए । आँखामा समस्या भएकोले प्रधानमन्त्री बालेन बैठकमा कालोचस्मा लगाएर जाने भएका हुन् ।






























