९ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा) नेता कमल थापाले बागमती प्रदेशका ३ सांसदलाई कारबाही गरिएको पार्टीको पत्र फेक हुनसक्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु। यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा फेक हो कि भन्ने पनि लाग्छ।
थापाले बाग्मती प्रदेश सभाका पार्टी संसदीय दलका नेता उद्धव थापालाई विधि, नियमविपरित निरङ्कुश ढङ्गबाट कारबाही गरिएको भन्दै पार्टीको निर्णयमा असहमति समेत जनाएका थिए ।
































