
काठमाडौँ । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।
अस्ट्रेलियन नागरिक रसले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयमा राजीनामापत्र बुझाएका स्रोतले जानकारी दियो ।
पछिल्लो समय पुरुष टिमको खराब प्रदर्शनका कारण रसले एक वर्ष नबित्दै इमेलमार्फत राजीनामा बुझाएका हुन् ।
मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि पुरुष टिमको प्रशिक्षक पद रिक्त बनेको छ ।
























