Skip

Hamro Sanchar

त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा आज चिरप्रतिद्वन्द्वी भारतसँग भिड्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १० गते


काठमाडौं । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ।

भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ।

नेपालमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। साफमा नेपाली महिला फुटबल टोली विजयी भएको थियोे। आजको खेलमा पनि नेपाल सोही लय कायम राख्न चाहन्छ।

उता एसियन कपमा छनोट भैसेकेको भारत पनि नेपाललाई पराजित गर्ने रणनीतिमा हुनेछ।

जारी शृंखलामा नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले हारेको छ। यो हारसँगै नेपाल उपाधिबाट टाढिएको थियो।

त्रिकोणात्मकपछि नेपाल र भारतबीच कात्तिक १३ गते फेरि मैत्रीपूर्ण खेल हुनेछ ।


प्रतिकृया दिनुहोस्