Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्य ढाई लाख नजिक, एकै दिन ८१ सय रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


काठमाडौं । सुनको मूल्यमा आज उच्च वृद्धि भएको छ।

सोमबार तोलामा ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज तोलामै आठ हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको दुई लाख ४८ हजार पाँचसय रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

हिजो सुनको मूल्य तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो।

यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेर केही घटेको थियो।

गएको शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार दुईसय रुपैयाँ घटेको थियो।

गत साताको आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनले आज फेरि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो।

गएको मंसिर १० गते एकैदिनमा सुन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च दरमा बढेको हो।

त्यसैगरि चाँदीको मूल्य पनि आज उच्च वृद्धि भएको छ।

चाँदीको मूल्य आज तोलामा १०५ रुपैयाँ बढेर तीन हजार तीनसय २५रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो ।


प्रतिकृया दिनुहोस्