Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टी-२० विश्वकप छनोट : सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २६ गते


Advertisement

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज चिर प्रतिद्वन्द्वी नेपाल र यूएई भिड्दै छन्।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निकै महत्त्वपूर्ण छ।

नेपाल आजको खेलमा यूएईलाई हराउँदै विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउन चाहन्छ।

सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ। सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ।

एसोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ।

नेपाल समूह बीको विजेताका रूपमा सुपर सिक्समा पुगेको हो। यूएई समूह एको विजेताका रूपमा सुपर सिक्स खेल्न लागेको हो।

समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाई ५ विकेटले हराएको थियो।

सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्नेछ।

जापानलाई समूह चरणमै हराएकाले नेपाल सुपर सिक्समा जापानसँग खेल्ने छैन।


प्रतिकृया दिनुहोस्