Skip

Hamro Sanchar

लगातार बढेको सुनको मूल्य आज एकैदिन ४२ सय रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २४ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज उच्च मूल्यबाट सुन ४२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्