Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आईसीसी टी-२० विश्वकप छनोट : एक खेलअगावै सुपर सिक्समा पुगेका नेपाल र जापान भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २४ गते


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाल र जापान भिड्दै छन्।

ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल र जापान समूह चरणको एक खेलअघि नै सुपर सिक्समा पुगिसकेका छन्।

समूह बीमा लगातार दोस्रो हार बेहोर्दै कतार समूह चरणबाट बाहिरिसकेको छ।

कतारको लगातार दोस्रो हारले नेपाल र जापान एक खेलअघि नै सुपर सिक्समा पुगेका हुन्।

नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले हराएको हो।जापानले कतारलाई ५ विकेटले हराएको हो।

नेपाल रहेको समूह बीमा कुवेतसँगै जापान छन्। समूह एमा मलेसिया, कतार र यूएई छन्। समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

एसिया एन्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्।


प्रतिकृया दिनुहोस्