Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल इतिहासमै पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ११ गते


Advertisement

काठमाडौं । नेपाल आज आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्ने भएको हो।

खेल यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि सुरु हुनेछ।

यसपछि सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ।

वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्नेछ।

ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट हुँदै छ।

नेपाली टोलीले यो सिरिजलाई त्यसकै तयारीका रूपमा लिएको छ।


प्रतिकृया दिनुहोस्