Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ५ गते


काठमाडौं । ललितपुरको नक्खु कारागारबाट भदौ २४ गते फरार भएका एक कैदीले श्रीमतीको हत्या गरेर पुरेको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले घटनाको जानकारी आएपछि अहिले प्रहरी पुगेर शव खोतलिरहेको बताए।

काभ्रेको पनौती नगरपालिका १२ गागलकी अन्दाजी ३० वर्षीया मनीषा घेवा तामाङ ३ दिनदेखि बेपत्ता थिइन्। घर नजिकै बारीमा पुरेको अवस्थामा मनीषाको शव फेला परेको पनौती १२ का वडाध्यक्ष जयराम केसीले बताए।

‘मनिषा ३ दिनदेखि हराइरहेकी थिइन्। घर नजिकै पुरेको अवस्थामा शव फेला परेको छ। बाहिर चप्पल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए’, वडाध्यक्ष केसीले भने।

उनका श्रीमान सन्तबहादुर तामाङ फरार छन्। सन्तबहादुर यसअघि बलात्कारको आरोपमा ४ वर्षदेखि नक्खू कारागारमा थिए। तर भदौ २४ गते जेल तोडेर रास्वपाका सभापति रवि लामिछानेसँगै फरार भएका थिए। लामिछाने फेरि जेल फर्किए पनि आधाभन्दा बढी कैदीबन्दै अझै बाहिरै छन्।

सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी शाहले बताए ।


प्रतिकृया दिनुहोस्