Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मुल्य तोलाकै २ लाख १७ हजार रुपैयाँ नाघ्यो 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३१ गते


Advertisement

काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो बढेको सुनको मूल्य आज पनि बढेको हो।

प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य आज तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो। हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार दुईसय रुपैयाँ थियो।

गत साताको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेर केही सस्तिएको थियो।

आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ। चाँदीको मूल्य आज तोलाको २० रुपैयाँ बढेर दुई हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्