Skip

Hamro Sanchar

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २१ गते


काठमाडौं । नेपाल र बंगलादेशबीच आज भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेका थिए । तर दुवै टोली फिनिसिङमा कमजोर देखिए ।

अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल‌ हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट‌ हुनेछ ।

एन्फाले दुई खेलपछि समग्र‌ नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो


प्रतिकृया दिनुहोस्