Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्यमा अर्को कीर्तिमान, तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १८ गते


Advertisement

काठमाडौं ।दिनहुँ उच्च मूल्यको नयाँनयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्यले आज अर्को कीर्तिमान कायम गरेको छ।

गएका पाँच दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। सुनको मूल्य आज पनि प्रतितोला २ हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

सुनको मूल्य आज तोलाको दुईलाख सात हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

मंगलबार तोलामा ६ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुईलाख पाँच हजार नौसय रुपैयाँ पुगेको थियो।

गएको शुक्रबारदेखि सुनले लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनाइरहेको छ।

शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने आइतबार तीन हजार र सोमबार तोलामा एक हजार सातसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा १० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार चारसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्