Skip

Hamro Sanchar

साफ यू–१७ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १३ गते


काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)१७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज बेलुकी  ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ।

तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ।

९ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । नेपाल उपाधि होडबाट भने बाहिरिसकेको छ।

प्रतियोगितामा आफ्नो चौथो खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

तेस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो।

त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो। नेपालले अन्तिम खेल भदौ १५ गते भुटानसँग खेल्नेछ ।


प्रतिकृया दिनुहोस्