Skip

Hamro Sanchar

सुनको मूल्य आज एकैदिन तोलामा २३ सयले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ८ गते


काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० मा खरिद–बिक्री भइरहेको छ ।

शुक्रबार ९भदौ ६० एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्