Skip

Hamro Sanchar

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ५ गते


काठमाडौं । नेपाली बजारमा बिहीबार (भदौ ५)सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (भदौ ४)छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्