Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ४ गते


Advertisement

काठमाडौं । हिजो तोलामा एक हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार ६ सय रुपैयाँ घटेको छ।

सुनको मूल्य आज तोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको मंगलबार सुन तोलामा आठसय रुपैयाँ बढेको थियो। त्यसयताका दुई दिनमा सुन तोलामा दुई हजार आठसय रुपैयाँ घटेको हो। सुनको भाउ हिजो तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो।

यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेर दुईहजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्