Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १ गते


Advertisement

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। गएको शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज थप सातसय रुपैयाँ घटेको हो।

गत साताका पाँच दिन लगातार घटेको सुनको मूल्य बिहीबार थोरै बढेको थियो।

सुनको भाउ आज तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ थियो।

यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य ३ हजार नौसय रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर दुईहजार तीन १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्