Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टप एन्ड टी-२० सिरिजस् दोस्रो खेलमा नेपाल आज बंगलादेश एसँग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ३१ गते


Advertisement

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज  नेपाल दोस्रो खेल खेल्दै छ।

अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग भिड्ने भएको हो।

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित नेपाल आज जितको खोजीमा हुनेछ।

उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित बंगलादेश पनि आजको खेल जित्न चाहन्छ।

सिरिजमा सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्।


प्रतिकृया दिनुहोस्