
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनि अक्सन सुरु भएको छ।
एनपीएलमा सहभागी ८ टोलीले १ सय ६४ खेलाडीमध्ये ३७ खेलाडीमाथि बोली लगाउने छन्।
अक्सनमा क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी छन्।
अक्सनमा नेपाल क्रिकेट संघ क्यानले पहिले १ सय ५० जना खेलाडीको नाम सार्वजनिक गरे पनि पछि अन्य खेलाडी थप गर्दै १ सय ६४ जना पुर्याएको छ ।


















