Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फिफा वरीयतामा महिला टोलीको ऐतिहासिक छलाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २२ गते


Advertisement

काठमाडौं । फिफा वरीयतामा महिला टोलीले छलाङ मारेको छ।

विश्व फुटबल महासंघ(फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो। नेपाल यसअघि १ सय स्थानमा रहेको थियो।

नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। नेपालले एएफसी छनोटमा लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो।

दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३-३ को बराबरी गरेको थियो। टाइब्रेकरमा ४-२ ले पराजित हुन पुगेको थियो।

दक्षिण एसियाको भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १ सय ४ स्थानमा उक्लेको छ।पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ।

भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लेको छ। फिफा वरीयताको शीर्ष स्थानमा स्पेन छ। एक स्थान तल झरेको अमेरिका दोस्रो र तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ। एक स्थान सुधार गरेको इङल्यान्ड चौथो स्थानमा छ।

दुई स्थान तल झर्दै जर्मनी पाचौँ स्थानमा झरेको छ। चार स्थान सुधार गरेको फ्रान्स छैटौँ र तीन स्थान झरेको ब्राजिल सातौँ स्थानमा छ ।


प्रतिकृया दिनुहोस्