Skip

Hamro Sanchar

समावेशिता कुनै कामको कुरा होइन : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशिताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् । ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले । इन्क्लुसिभनेस आदि इत्यादी हामीले टेम्पोररी व्यवस्था गरेको हो’, ओलीले भनेका छन् ।

समावेशी राजनीतिक पदमा पुग्नलाई मात्र काम लाग्ने उनले बताएका छन् । ‘समावेशिताबाट डाक्टर हुन्छ ? इन्जिनियर हुन्छ रु यो समावेशिता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन’, ओलीले भनेका छन्।

उनले समावेशी व्यवस्था संविधानमा उल्लेख समावेश‍िता कार्यान्वयन नहुने तर्क गरेका थिए । त्यसका निम्ति कोस्टरिकासँग भएको एउटा वार्ताको दृष्य उल्लेख गरेका छन्।

‘मैले कोस्टरिका हेरेको छु । हाम्रो डेलिगेसनमा दुई तीन जना महिलाहरु हुनुहुन्थ्यो वार्ता गर्दाखेरी’ उनले भने, ‘उहाँहरुको ८ जना महिला थियो । दुई जना मात्रै पुरुष थियो । त्यो संविधानमा इन्क्लुसिभ राखेर होइन । इन्क्लुसिभले ८ जना महिला पुर्याउँछ र रु इन्क्लुसिभले ८ जना पुर्‍याउँदैन । धेरै भएको भए ५ जना पुर्‍याउँथ्यो ।’


प्रतिकृया दिनुहोस्