Skip

Hamro Sanchar

बिपदबारे प्रधानमन्त्री बालेनको सम्बोधन : उद्धारमा सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरिएको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको बताएका छन् ।

आज साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेनले प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले सबैलाई गहिरो पीडामा धकेलेको बताए ।

बाढीबाट ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु,ू प्रधानमन्त्री बालेनले लेखेका छन् ।

सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको संख्यामा उद्धार कार्यमा परिचालन गरेको उनले बताए । प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

अहिलेको यो समय निकै संवेदनशील छ । घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो, प्रधानमन्त्री बालेनको भनाइ छ ।

उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने उनले बताए । म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु – यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ । यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ, बालेनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्