१० भदौ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले सम्पूर्ण सामर्थ्य नागरिक बचाउन लगाउने विश्वास व्यक्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले भोटेकोसीमा आएको बाढीको विपत्तिमा सरकार र रास्वपासँगै रहेको बताए ।
लामिछानले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल र सूचना आदनप्रदानमा रहेको सुनाए । आफूले बिहानदेखि छलफल गरेका आधारमा नागरिक बचाउन सम्पूर्ण सामर्थ्य लगाउन सक्ने बताए ।
“सरकारले सम्पूर्ण सामार्थ्य लगाउनेछ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले मैले सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु,” उनले भने, “मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउनेछ ।”
उनले सरकारले सक्दो सक्रियता देखाएको पनि बताए ।






























