Skip

Hamro Sanchar

एकैदिन तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १८ गते


काठमाडौं । नेपाली बजारमा आज  सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्