काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले दुवै जनालाई पक्राउ गर्न आदेश दिएको अदालतका स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिएका छन्। जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीहरूलाई पक्राउ गर्ने आदेश जारी गरेको हो।...
२३ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाही गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाउने गरी कारबाही गरिएको जानकारी दिएका छन्।...
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ। सडक थप भासिँदै गएपछि दुवैतर्फबाट सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक अवरुद्ध भएपछि...