Skip

Hamro Sanchar

पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १६ गते


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घट्दा डिजल र मट्टितेलको मूल्य भने बढेको छ।

डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँ बढेको हो। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको छ ।

 


प्रतिकृया दिनुहोस्