Skip

Hamro Sanchar

साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १ गते


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् ।

अष्ट्रेलियाको ए लिगको नयाँ सिजनका लागि फिनिक्सले साम्बालाई अनुबन्ध गरेको हो ।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट खेल्दै आएकी थिइन् । उनले सामाजिक सन्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको बताएकी हुन् ।

साम्बासंग इजरायलदेखि भारत, माल्दिभ्ससम्म लिग खेलेको अनुभव छ ।


प्रतिकृया दिनुहोस्