
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२र०८३को बजेट ल्याउँदै छ ।
शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ ।
देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन ।

















