Hamro Sanchar

एसीसी इस्ट जोन कप : जितका लागि नेपालले पायो ११४ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २१ गते


काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ ।

मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला बलिङ गरेको थियो ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुरले ४०.५ ओभरमा ११३ रन जोडेको छ ।

समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो  ।


प्रतिकृया दिनुहोस्