Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसीसी यू–१६ इस्ट जोन कप : सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १९ गते


Advertisement

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ।

नेपाली युवा टोली समूह ए को विजेता बन्दै पहिलो सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा अपराजित रहेको नेपाली युवा टोली सोही लयलाई निरन्तरता दिने योजनामा छ।

समूह चरणमा नेपालले भुटानलाई २ सय ९८, इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। जापानमाथि ९ विकेटले तथा सिंगापुरलाई ६ विकेटले पाखा लगाएको थियो।

उता मलेसिया भने समूह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। मलेसियाले समूह चरणका चारमध्य तीन खेलमा मात्र जित निकालेको छ। एक खेलमा हार भोगेको छ।

यो खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ। आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दैछन्  ।


प्रतिकृया दिनुहोस्