Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वकप लिग-२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २५ गते


Advertisement

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।

स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।

फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।

नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।

सिरिजमा नेपाल अपराजित छ। स्कटल्याण्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।

नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ।

लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।

शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ। दोस्रो स्थानमा नेदरल्याण्ड्स छ। उसले २२ खेलबाट २६ अंक जोडेको छ।

त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानको स्कटल्याण्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ।

नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल ।


प्रतिकृया दिनुहोस्