Skip

Hamro Sanchar

आरआर क्याम्पसको स्ववियु पदाधिकारी र सदस्य सर्वसम्मत चयन, अनेरास्ववियुका खड्का बने अध्यक्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १८ गते


काठमाडौं ।रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन भएका छन्।

बुधबार भएको सर्वपक्षीय सर्वदलीय बैठकले स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन गरेको हो।

अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का चयन भएका छन्।

उपाध्यक्षमा अखिल क्रान्तिकारीका सङ्गमकुमार लामा तामाङ, सचिवमा नेविसंघका शैलेन्द्र उपाध्याय, सहसचिवमा आरआर युथ फोर्सका सुरेश रोकाया र कोषाध्यक्षमा अनेरास्ववियुका अम्बिका अधिकारी चयन भएका हुन्।
अन्य सदस्यहरू पनि सर्वसम्मतले चयन भएको छ

 


प्रतिकृया दिनुहोस्