Hamro Sanchar

रेशम रिहा भएपछि सीकेले भने : कर्मचारीलाई मोहरा बनाइयो, षडयन्त्र माथिबाटै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १७ गते


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकता हुने बेलामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु षड्यन्त्र भएको बताएका छन् ।

डिल्लीबजार कारागारबाट रेशम चौधरी छुटेपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो एकतालाई भाँड्ने षडयन्त्रको रुपमा हेरेको छौं । दुईवटा पार्टी मिलेर नयाँ हुन लाग्दा त्यसलाई भाँड्नका लागि यो गरिएको हेरेका छौं,’ राउतले भने ।

उनले यसलाई एउटा कर्मचारीको सामान्य त्रुटिको रुपमा मात्रै हेर्न नहुने पनि बताए ।

‘यो सामान्य त्रुटि मात्रै होइन । कर्मचारीलाई मोहरा मात्रै बनाइएको हो । यो धेरै माथिबाट भएको हो,’ राउतले भने ।


प्रतिकृया दिनुहोस्