Hamro Sanchar

खमबहादुर गर्बुजा  बने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १७ गते


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९)क बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए।


प्रतिकृया दिनुहोस्