Hamro Sanchar

रेशम चौधरी तत्कालै छुट्ने : यस्तो छ कारण

प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत हिरासतमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १७ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।

उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

यस्तै सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् ।

पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस्