Skip

Hamro Sanchar

ज्ञानेन्द्र शाहीको टिप्पणी : शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १६ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो टिप्पणी गरेका हुन्। आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनताका छोराछोरीहरूले पढ्न नपाएको उनको भनाइ छ।

उनले पटक पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरे। उनले शिक्षक, विद्यार्थी तथा चिकित्सकहरूका भातृ सङ्गठनहरू खारेज गर्नुपर्ने समेत बताए। सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्