१० भदौ, काठमाडौं । रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
नेपाल प्रहरी परिसर काठमाडौंका अनुसार १३ जनालाई उद्धार गरिएको विवरण प्राप्त भएको छ।
उनीहरूको हाल काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार गर्न लागिएको छ । जसमा राष्ट्रिय ट्रमा सेन्टर टिचिङ रहेका छन् । प्रहरीले उद्धार कार्य जारी रहेको समेत जानकारी दिएको छ ।






























