Skip

Hamro Sanchar

धरानबाट चोरिएको बस विराटनगरमा फेला, छैनन् पाटपुर्जा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १६ गते


विराटनगर । सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ । विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो ।

धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १-०२-००१ ख ९७४९ नम्बरको बस हराएको थियो । मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मा अवस्थित मंगलबारेमा बस भेटिएको हो ।

शुक्रबार राति धरानबाट बस हराएको प्रहरीले जनाएको छ । बसका पाटपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहको कवाडी गोदाममा फेला परेको छ ।

सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको प्रहरीले जनाएको छ ।

बस कसले चोरेर विराटनगर ल्याएको थियो भन्ने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेबारिसे अवस्थामा बस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिकृया दिनुहोस्