
काठमाडौं । काठमाडौंको शान्तिवाटीकामा राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन्
उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेका हुन् । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।
शान्तिवाटीकामा राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरालगायत पुगिसकेका छन् ।
यस्तै अध्यक्ष लिङ्देनले राजसंस्था पुनर्स्थापनाको पक्षमा राप्रपा नेपालसँग सँगै रहेको बताएका छन्।
जनप्रदर्शनुमा बोल्दै अध्यक्ष लिङ्देनले अहिलेको मुद्दामा राप्रपा राप्रपा नेपालसँगै रहेको बताएका हुन्।
मलाई धेरै कुरा भन्नुछैन। हामी सँगै छौं। सँगै काम गर्न र सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ। त्यसमा कुनै द्विविधा नरहोस्,उनले भने।
उनले राजसंस्था पुनर्स्थापनाको पक्षमा, हिन्दु राष्ट्र पुनस्थापना, संघीयता खारेजी र देशमा सुशासन र विकासको पक्षमा गरिने सबै प्रकारका कार्यक्रमहरूमा राप्रपाको ऐक्यबद्धता रहने बताए