Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

८२ को मंसिरभित्र महाधिवेशन हुनुपर्छ भनेर सञ्जालमा लेख्न कार्यकर्तालाई शेखरको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने चिन्ता व्यक्त गरेका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे।

आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनको भनाइ थियो।

उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफूनिकट नेता-कार्यकर्ताहरूलाई निर्देशन पनि दिए।


प्रतिकृया दिनुहोस्