Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविले गरे काठमाडौँ जिल्ला अदालतको आदेशविरूद्ध  उच्चमा निवेदन दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ७ गते


Advertisement

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।

धरौटी माग गरिएको उक्त आदेश चित्त नबुझकोले साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले उच्च अदालतमा आज निवेदन दर्ता गराएका हुन्।

कास्कीमा ६५ लाख बुझाएका रवि काठमाडौँमा ६० लाख धरौटीमा छुटे

अब उनले चितवनको सहारा चितवन सहकारीसम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले माघ २४ गते गरेको आदेशविरुद्ध पनि उच्च अदालतमा निवेदन दिने तयारी गरेका छन्।चितवनमा उनीसँग ५४ लाख धरौटी मागिएको थियो।

उनले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै निवेदन दिइसकेका छन्। कास्कीमा सूर्यदर्शन सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनले ६५ लाख रूपैयाँ धरौटी बुझाएका छन् भने रूपन्देहीको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा १ करोड रूपैयाँ धरौटी राखेर छुटेका छन् ।


प्रतिकृया दिनुहोस्