Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज भारतबाट १२ दिनपछि स्वदेश फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ७ गते


Advertisement

काठमाडौं । गत फागुन २६ देखि भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज (चैत ८ गते)स्वदेश फर्कने भएकी छन्।

भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी आज दिउँसो १२ बजे (भारतीय समय)काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ।

धार्मिक भ्रमणका सिलसिलामा फागुन २६ गते भारत प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा भारतीय विदेश मन्त्रालयले चैत ४ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन्।

त्यस क्रममा उनले चैत ५ गते भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

भेटका क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको उनले बताएकी थिइन् ।


प्रतिकृया दिनुहोस्