Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खेलकुदमन्त्रीलाई उनकै पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ६ गते


Advertisement

काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन्।

ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्। उनीहरूले खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावादुको नारा लगाएका थिए। संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए।

कांग्रेसको खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरी बिहीबार पार्टी कार्यालय पुगेका बेला उनीहरूले विरोध गरेका हुन्। उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेका छन् ।


प्रतिकृया दिनुहोस्