Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धनराज र ऋषिकेशलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन : स्वर्णिम वाग्ले

"अवसर पाए सहकारी बचतकर्ताको बचत फिर्ता गर्छौ"

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १३ गते


Advertisement

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन्

समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे ।

सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक संघर्षमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले सरकार भने दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने ध्यानमा रहेको बताए । वाग्लेले सरकार आफूहरूलाई थर्काउने धम्काउने गलाउने रणनीतिमा लागेको भन्दै विरोध गरे ।

‘धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन‚’ उनले भने ।

उनले रविलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको उल्लेख गरे । साथै उनले अवसर पाए सहकारी बचतकर्ताको बचत फिर्ता गरिने पनि उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्